Logo कार्तिक ९, २०७७ आइतबार


ओलीको आक्रोश : यो छानविन समिति हो कि राजनीतिक ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्बाही गर्ने चेतावनी दिनुभएको छ ।

प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा  आपत्ति जनाउनुभयो ।

काठमाडौंमा आयोजित मंगलबार प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपति समेत रहेको आफूलाई नबुझाई  प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने  स्पष्ट पार्नु भयो । ‘यो छानविन समिति हो कि राजनीतिक ?,’ छानविन समितिप्रति प्रधानमन्त्रीको आक्रोश सहितको प्रश्न छ ।

प्रधानमन्त्रीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । उहाँले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले त्यहि अनुसार काम गर्न सबैलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्रीले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।