के हो नेकपाको स्कुल विभाग ? (भिडियोसहित)

ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, घनश्याम भूसाल, बेदुराम भूसालमा को उचित ?

काठमाडौं । पार्टीको मार्गदर्शक सिद्धान्तमा कार्यकर्ता उत्पादन, पार्टीका कार्यदिशा तय र समाजवादको बाटो तय गर्ने नीति तथा कार्यक्रम निर्माण गर्ने विभाग हो स्कुल विभाग । नेकपाको स्कुल विभागलाई लिएर यतिखेर राजनीति तातिएको छ । एमालेका पूर्व महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका पूर्व नेता नारायणकाजी श्रेष्ठले स्कुल विभागमा दाबी गर्नु भएको छ ।

यतिमात्र होइन, पछिल्लो समय स्कुलमा विभागमा एमालेको नवौँ महाधिवेशनमा आफ्नो विचार पारित भएको भन्दै एमालेमै पनि स्कुल विभाग दाबी गर्नु भएका तत्कालीन उपमहासचिव घनश्याम भूसालले पनि स्कुल विभाग दाबी गर्नु भएपछि नेकपामा स्कुल विभागको महत्व अरु बढेको छ । बुधबार सामाजिक सञ्जालमा ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, घनश्याम भूसालका अलावा अर्का वैचारिक नेता डा. बेदुराम भूसालको पनि नाम जोडिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि स्कुल विभागमा काम दिनु पर्छ भन्नेहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् ।

के हो स्कुल विभाग ? के काम गर्छ यसले ? अहिलेका नेताहरुमा को उचित छन् ? २०५२ सालदेखि एमालेको नवौँ महाधिवेशनपछि अध्यक्ष केपी ओली प्रमुख रहेको स्कुल विभागमा लगातार सदस्य रहेर काम गर्नु भएका प्राज्ञ गोपीरमण उपाध्यायसँग जनता समाचार डटकमका सम्पादक रामकुमार एलनले कुराकानी गर्नु भएको छ, हेरौँ, यो भिडियो वार्ताः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…