Logo कार्तिक ९, २०७७ आइतबार


बाढीपीडितका लागि आर्थिक सहयोग

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग भेटगरी यूनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा यूनियन र यूनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

औद्योगिक घराना केडिया अर्गनाइजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका अर्गनाइजेशनका पदाधिकारीहरुले प्राकृतिक प्रकोपमा परेकालाई राहत दिने कार्यमा आफूहरु सरकारलाई सहयोग गर्न सदा प्रतिवद्ध रहेको बताएका थिए ।

असार २७ देखि ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौले ज्यान गुमाउनु परेको थियो भने दर्जनौ घाइते र हजारौंको संख्यामा विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।