एक गर्भवती, तीन पुरुष पिता भएको दाबी गर्दै अस्पतालमा

भारत । कोलकत्तामा एक शिशुको जन्मको विषयले अचम्मको मोड लिएको छ । त्यहाँको एक स्थानीय अस्पतालमा गर्भवतीले शिशुको जन्म दिइन् तर शिशुको पिता बनेको दाबी गर्दै अस्पताल पुगेका छन् ।

सबैभन्दा पहिले दुईजना अस्पतालमा राखिएको शिशुको लागि झगडा गर्न थाले । झगडापछि अस्पतालले प्रहरी बोलायो । प्रहरीले दुवैजनालाई विवाहको प्रमाण ल्याउन भन्यो । पहिलो व्यक्ति प्रमाण दिन गए भने दोश्रो प्रमाण लिएर आए । तर महिलाको आमाले दोश्रो व्यक्तिलाई आफ्नो ज्वाईं मान्न तयार भइनन् ।

महिलाको स्वास्थ्य अवस्थाको कारण महिलासँग भेट्न दिइएको थिएन । प्रहरीले शिशुको आमालाई भेटेर बच्चाको पिता सोधिने बताएको छ । त्यही समय एक तेश्रो व्यक्ति पनि आएर शिशु आफ्नो भएको दाबी गर्छन् ।

शनिबार अस्पताल एक युवक र महिलाकी आमाले महिललाई अस्पताल भर्ना गरेका थिए । महिलकी आमासँग आएका युवकले पनि आफू बच्चाको पिता भएको भन्दै एडभान्स रकम जम्मा गरेका थिए । २१ वर्षीय महिलाले आइतबार छोरी जन्माएकी हुन् ।

प्रहरीको अनुसन्धानबाट पहिलो व्यक्ति पति नभई साथी भएको पुष्टि भएको छ । पछि महिलाले प्रहरीसँगको कुराकानीमा दोश्रो व्यक्ति अर्थात विवाहको प्रमाण लिएर आउने पुरुषलाई नै आफ्नो पति भनेकी थिइन् । उनीहरुले गत अप्रिलमा विवाह भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।