रातो कार्पेट, शयन कक्ष र महंगा सवारी किन ? (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटि सदस्य एवम् प्रदेश नम्बर ३ का काठमाडौं क्षेत्र नम्बर ९ का प्रदेश सांसद केशवप्रसाद पोखरेलले जनप्रतिनिधिहरु विलासी भएको भन्दै आचरणमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुरा गर्नुहुँदै सांसद पोखरेलले अनाधिकृत रुपमा गरिएको खर्च रोकिनुपर्नेमा मत व्यक्त गर्नुभयो । प्रदेश र संघ सरकारबीच देखिएको मतभिन्नतालाई चिर्दै समुन्नत नेपाल निर्माणमा जोड दिनुपर्ने उहाँको धारणा थियो ।

प्रदेश सरकारले स्थानीय स्रोत साधनको व्यापक परिचालन गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । प्रदेशमा महत्वकांक्षी बजेट प्रस्तुत गरेर संघको भर पर्ने प्रवृत्ति रहेको भन्दै सांसद पोखरेल यो प्रणालीलाई बिस्तारै मेट्दै जानुपर्ने तर्क गर्नुभयो । संघीयता कार्यान्वयन गर्ने क्रममा देखिने व्यवधानलाई छिचोलेर तीनै तहको सरकारलाई बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो । प्रदेशलाई अधिकार सम्पन्न गर्ने सवालमा प्रत्येक प्रदेशको धरातललाई बुझेर मात्रै संघ सरकारले सकारात्मक कदम अगाडि चाल्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकार गठन भएको तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा धेरै अनुभव बटुलिएको सांसद पोखरेलको भनाइ थियो । बजेट खर्च गर्ने प्रणाली, असारे बजेट विनियोजन, स्थानीय स्रोत साधन परिचालनका नाममा प्रकृतिको दोहनलगायतका अभ्यासलाई परिष्कृत गर्दै लैजानुपर्नेमा पोखरेलको जोड छ ।

भिडियोमा हेर्नुहोस् :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…