‘नरबहादुरजीकै घरमा बसेर युद्धको तयारी गर्‍याैं’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेता तथा कार्यकर्ता वैचारिक, निष्ठावान र सरल हुनुपर्ने बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसमा पार्टीद्वारा पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा कर्माचार्यको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । ‘हामीले नरबहादुजीकै घरमा बसेर जनयुद्धको तयारी गर्यौ’ उहाँले भन्नुभयो, उहाँसँग हाम्रो अत्यन्तै गहिरो र भावनात्मक सम्बन्ध भएको थियो । कम्युनिष्टहरु एकवद्ध हुनुमा उहाँको पनि योगदान छ ।’

अध्यक्ष दाहालले नरबहादुर कर्माचार्य कम्युनिष्टहरुको लागि प्रेरक रहेको उल्लेख गर्नुभयो । ‘नरबहादुर कर्माचार्य वैचारिक, निष्ठावान सरल, र पारर्दर्शी नेता हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो, ‘ उहाँ पैसाको पछाडि कहिल्यै लाग्नु भएन । कम्युनिष्टको जीवनशैली कस्तो हुनुपर्छ भन्ने कुरा हामीले उहाँबाट सिक्नुपर्छ ।’

पार्टी एकता र जनविश्वास अझ उचाइमा पुर्याउने अध्यक्ष प्रचण्डले भनाई छ । समाजवादको नयाँ प्रणाली दुनियाँलाई दिन सक्नुपर्ने बताउँदै प्रचण्डले मानवजातिको भविष्य समाजवादमा मात्रै भएकोमा जोड दिनुभयो ।

सामाजिक न्याय सहितको समृद्धिको पहल गरिने बताउनुहुँदै प्रचण्डले साउन महिनाभित्रै स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाएर भदौमा देशव्यापी अभियानमा जाने बताउनुभयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…