‘स्कुल विभाग सम्हाल्न योग्य छु’

प्रकाश न्यौपाने

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य रहेको बताउनुभएको छ ।

पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा आफूले योगदान गरेको बताउँदै भूसालले स्कुल विभाग दिन नेतृत्वलाई आग्रह गर्नुभएको हो । नेता भूसालले पार्टी प्रशिक्षण, माक्र्सवादलगायतका क्षेत्रमा आफूले पार्टीमात्रै नभई स्कुल–स्कूलमा समेत पढाउने गरेकाेले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने बताउनुभयो ।

बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा भुसालले पार्टी सामूहिक निर्णयबाट चल्नुपर्ने बताउँदै आफूलाई न्याय गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भूसालले तत्कालिन एमालेको नवौं महाधिवेशनबाट आफू उपमहासचिवमा निर्वाचित हुँदा पनि गुटका कारण स्कुल विभाग नदिइएको दाबी गर्नुभयोे । उहाँले पार्टीलाई गुट, रिसराग, पुरानो कुण्ठाभन्दा माथि राखेर सञ्चालन गरे सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन सबै एकजुट भएर लाग्ने बताउनुभयो ।

अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले पाउने भन्ने विवाद छ । बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भूसालले पार्टी सामूहिक निर्णयबाट चल्ने, नेताहरुको योगदानको मूल्यांकन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कुल विभाग आफूलाई दिँदा न्यायोचित हुने बताउनुभयो ।

उहाँले पार्टी सामूहिक निर्णयबाट नचल्दा चाहे जति काम गर्न नसकेको र केही महत्वपूर्ण र राम्रा विधेयक पनि फिर्ता लिनुपरेको उल्लेख गर्नुभयो । पछिल्लो समय कम्तिमा पार्टीमा छलफलको सुरुवात भएको भन्दै यसले सरकार र पार्टी जीवनमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।

पार्टीमा सिद्धान्त र विचार कमजोर हुँदै गए आफूले निरन्तर विरोध गरिरहने प्रष्ट पार्दै भूसालले सरकारले निकै राम्रो बजेट ल्याएकोले अब त्यसलाई कार्यान्वयन गरी असारे विकासलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…