‘सरकारी काम प्रभावकारी बनाऔं’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम, कारबाही अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ बनाउन र सरकारको काम, कारबाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा बोल्दै दाहालले पार्टी संगठन र सरकारको काम कारबाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने प्रष्ट पार्नुभयो । अध्यक्ष दाहालले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयो । त्यसका लागि आवश्यक योजना तय गर्न साउन महिनाभित्रै पार्टी केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाउने योजना रहेको दाहालले बताउनुएको छ ।

सामाजिक न्यायसहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दाहालको दाबी थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…