काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केप ओलीबीच भेट नभएको स्पष्ट पार्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको भनी आएको समाचारमा सत्यता नभएको दाबी गर्नुभयो ।
‘रअका प्रमुख नेपाल आएको हामीलाई थाहा छैन, आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्रोटेकलकै आधारमा भेटघाट गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रअका प्रमुखसँग भेट्नुभएको छैन । यो रिउमर क्रेट गर्ने काम नगरौ । क कस्ले भेट्नुभयो हामीलाई थाहा पनि छैन । भेट्नै हुदैनथ्यो । हामीलाई त्यस्तो पनि लाग्दैन । तर म दावा साथ भन्छु प्रधानमन्त्रीज्यूले भेटघाट भए जस्तो, भेटे जस्तो, भेटेकै जस्तो मलाई लाग्दैन ।”
‘दुवै जनाको कता कताको फोटो राखेर भेटघाट भयो र ढाँटियो नि’ भन्ने काम गरिएको भन्दै उहाँले मेनस्ट्रिम मिडिया लाई ‘कुहिरीमण्डलको खेतीमा” नरुमल्लिम आग्रह गर्नुभयो । रअका प्रमुखले अन्य नेतासँग गरेको भेटघाटका सम्बन्धमा उहाँले अनविज्ञता जनाउनुभयो ।
‘को कस्ले भेटे ? को कस्लाई त्यस्ता भेटघाट गर्ने बानी लाग्या छ ?’ उहाँले भन्नुभयो, ‘ रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर त हुदैन होला नि हुन्छ र ? यस्तो लघुताभासी मान्यता पनि नराखौ र प्रधानमन्त्री ज्यूले भेटेको होइन । भेटेकै हो भनेर कसैलाई पुष्टि गर्नु छ भने तथ्य प्रमाण लिएर पुष्टि गर्नुपर्यो । नेपाल सुन्दर देश छ आइरहन्छन नि मान्छेहरु ।’
मन्त्री बस्कोटाले कुटनीतिक र विदेशी प्रतिनिधिसँगको भेट नियमअनुसार मात्र हुने उल्लेख गर्नुभयो । ‘म हाजिरी जवाफमा सामेल छैन’ उहाँले भन्नुभयो, ‘मैले डिप्लोमेटिक प्राटोकल अनुरुप भए राम्रो हुन्छ । भनेर भनीसकेँ । भेट्या नभेट्या पनि मलाई थाहा छैन । तपार्इं आफै त्यसलाई समपुष्टि गर्नुहोस् । मलाई यसमा जस्टिफाई गर्नुपर्ने जरुरी छैन ।’