काठमाडौं । सधैँको बिहीबार झैँ यो बिहीबार पनि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा भएको पत्रकार सम्मलेनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभयो ।
मन्त्रीले बोलेपछि सञ्चारकर्मीले प्रश्न सोध्ने पालो आयो । एक सञ्चारकर्मीले जनताको बहुदलीय जनवाद र जनताको जनवाद मध्ये नेकपामा अझै विवाद देखियो, यसले सरकारलाई समस्यामा पार्छ की पार्दैन ? भनी प्रश्न गरे ।
सञ्चारकर्मीको प्रश्नको जवाफ मन्त्री बाँस्कोटाले अलि ठट्यौली शैलीमा दिनुभयो । उहाँले भन्नुभयो, ‘यो त के भयो भने, तिम्रो आँखा मनपर्यो, तिम्रो हाँसो मनपर्यो, तिम्रो हिँडाइ मनपर्यो, तिम्रो सोचाइ मनपर्यो, तिम्रो काम मनपर्या, तिम्रो सब्बै चिज मनपर्यो, तर तिमी चाँहि मनपरेन भन्दा के अर्थ लाग्छ ?’ एक छिन रोकिएर मन्त्री बाँस्कोटाले दोहो¥याउनुभयो, ‘के अर्थ लाग्छ ?’
जबज बन्दा पनि विवाद भएको सम्झँदै मन्त्री बाँस्कोटाले अहिलेको अवस्थामा पनि विवाद आउनु अस्वभाविक नभएको स्पस्ट पार्नुभयो ।उहाँले यति भन्दै गर्दा सबै कुरामा महाधिवेशनले निर्णय गर्ने भन्दै घुमाउरो जवाफ दिनुभयो । हेरौँ भिडियोः
https://www.facebook.com/janatasamachar/videos/453408321878574/