Logo फाल्गुन १६, २०७७ आइतबार


फोहोरको डङ्गुरमा समावेशी आयोग : कर्मचारी भन्छन्, ‘जाँगरै चल्दैन’

कान्ति न्यौपाने
काठमाडौं । संवैधानिक आयोगमध्येको एक राष्ट्रिय समावेशी आयोग परिसरमा फोहोरको उचित व्यवस्थापन नहुँदा कार्यालय परिसर डम्पिङ साइड सरह बनेको छ । विभिन्न काममा लागि जाने व्यक्तिहरुले त्यहाँ कार्यालय छ भनेर पत्याउन पनि मुस्किल पर्छ । तरपनि सम्बन्धित निकायले फोहोर व्यवस्थापनमा उचित ध्यान पुरयाएकोे देखिदैँन ।

वर्षौदेखि बिग्रिएका मोटरसाइकल, गाडी, पुराना दराजदेखि लिएर पानीका बोत्तल समेत कार्यलय परिसरमा फालिएका छन् । तर, सम्बन्धित निकाय भने प्राविधिक कारण देखाएर समस्या सामाधानतर्फ ध्यान दिइरहेको छैन ।

त्यस्तै, महिला मन्त्रालय अन्र्तगतको बाल न्यायसमितको कार्यालय परिसर पनि फोहोरबाट मुक्त छैन । कार्यालय वरिपरिको वातावरणले काम गर्न समेत जाँगर नचल्ने कर्मचारीहरुको गुनासो छ । तर फोहोर व्यवस्थापन कहिलेसम्म हुन्छ भन्नेमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष (राजीनामा दिएको) शान्तराज सुवेदी समेत अनविज्ञ हुनुहुन्छ ।

त्यसो त समावेशी आयोगभित्र रहेका अन्य आयोग र कार्यालयको पनि सरसफाइमा खासै ध्यान पुगेको देखिदैँन । जहाँ स्थानीय पूर्वाधार विभाग, आदिवासी जनजाति आयोग, जोखिमयुक्त पहिरो व्यवस्थापन आयोग रहेका छन् ।

देशकै महत्वपूर्ण निकायहरु त्यसमा पनि केन्द्रमा रहने कार्यालयको त यो हालत छ भने अन्य जिल्लाको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । यसमा सम्बन्धित निकायको ध्यान कहिले पुग्ने होला खै ?

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…