काठमाडौं । काठमाडौं, भक्तपुर, हुम्ला, सुनसरी, धादिङ र चितवनमा भएका सवारी दुर्घटनामा परी ६ को मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
भक्तपुरको सूर्यविनायकमा शनिबार दिउँसो बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सूर्यविनायक बस्ने सिन्धुपाल्चोक चौताराका ९ वर्षीय दिप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको कर्णाली नदीको किनारमा गत असार ३ गते कैलाबालु भन्ने स्थानमा भएको जिप दुर्घटनामा बेपत्ता भएकी २४ वर्षीया कौडा परियारको शव शनिबार दिउँसो फेला परेको छ ।
सुनसरीको रामधुनी नगरपालिकामा शनिबार दिउँसो ना ३ ख ४६७८ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ना ५ ख ४९९७ नम्बरको बसका सहचालक ३५ वर्षीय खड्ग बहादुर खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
धादिङकाे थाक्रे गाउँपालिकाको बेलाखोली बा १७ च ५३६ नम्बरको गाडी सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक २८ वर्षीय बलराम तामाङको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवनको ईच्छाकामना गाउँपालिकाको फिस्लिमा ना ७ ख २५६१ नम्बरको ट्रकको पछाडी ना ५ ख ४८१९ नम्बरको बस ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।