‘स्कुल विभाग अध्यक्षद्वयले राख्नु समाधान होइन’

वीरगन्ज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु विवाद समाधानको उपाय नभएको बताउनुभएको छ ।

आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भूसालले पार्टीका अध्यक्षद्वयबीच नै सहमति नभएका कारण स्कुल विभागको नेतृत्वमा विवाद बढेको प्रष्ट पार्नुभयो ।

भूसालले भन्नुभयो, ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्यस्तो भयो भने म भन्छु, यो सबै भन्दा कमजोर सामधान हो र यसले स्कुल विभागलाई चलाउनेनभई अझ सुसुप्त बनाउने काम मात्र गर्छ।’

पत्रकार सम्मेलनमा भूसालले स्कुल विभागको नेतृत्वमा आफनो दाबी यथावत रहेको भन्दै पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आफू नै उपयुक्त पात्र भएको बताउनुभयो । भूसालले भन्नुभयो, ‘स्कुल विभागको नेतृत्व यदि पूर्वएमालेको भागमा पर्छ भने त्यसको पहिलो दाबेदार म नै हुन्छु किनभने एमालेको नवौं महाधिवेशनदेखि नै स्कुल विभागले गर्नुपर्ने काम मैले गर्दै आइरहेको छु ।’

तर सहमतिका आधारमा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा आफूलाई स्वीकार्य हुने भूसालको भनाई छ । .

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…