Logo मंसिर ९, २०७७ मंगलबार


विकास समितिद्वारा भक्तपुर–नगरकोट सडकको अनुगमन

नारायण थापा
भक्तपुर । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको टोलीले भक्तपुर–नगरकोट सडक खण्डको अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरदेखि नगरकोट सम्मको १७ किमी सडक खण्डको अनुगमन गरेको हो ।

भक्तपुरको भत्केपाटी–नगरकोट सडक विस्तारको निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको गुनासो बढ्दै गएपछि समितिले अनुगमन गरेको सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

निर्माणको अवधि समाप्त भएपछि आयोजनाले ४ पटक अवधि थप गर्दापनि निर्माण कार्य ६० प्रतिशत पनि पुरा नभएको भन्दै सडक विभाग आयोजना कार्यान्वयन इकाईले म्याद थप गरेको छैन ।

सडक अनुगमनका क्रममा सभापति खड्काले निर्माण कम्पनीलाई थप समय दिने बारे छलफल गर्ने, फिल्ड र कागज हेरेपछि यसको निष्कर्ष निस्किने बताउनुभयो । पर्यटकीय क्षेत्रको सडकको दुरावस्था रहेकोबारे अनुगमनका क्रममा पाइएको टोलीको निष्कर्ष निकालेको छ ।

ठेकेदार र निर्माण संयन्त्रको कमजोरीकै कारण देशैभरका सडक बिस्तार ढिलाई भएको र यसतर्फ सुधार गर्नुपर्ने टोलीको ठहर छ । आयोजनाले ०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो ।

अनुगमनमा भक्तपुरका प्रतिनिधिसभा सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्र र विभिन्न क्षेत्रका सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।