विकास समितिद्वारा भक्तपुर–नगरकोट सडकको अनुगमन

नारायण थापा
भक्तपुर । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको टोलीले भक्तपुर–नगरकोट सडक खण्डको अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरदेखि नगरकोट सम्मको १७ किमी सडक खण्डको अनुगमन गरेको हो ।

भक्तपुरको भत्केपाटी–नगरकोट सडक विस्तारको निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको गुनासो बढ्दै गएपछि समितिले अनुगमन गरेको सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

निर्माणको अवधि समाप्त भएपछि आयोजनाले ४ पटक अवधि थप गर्दापनि निर्माण कार्य ६० प्रतिशत पनि पुरा नभएको भन्दै सडक विभाग आयोजना कार्यान्वयन इकाईले म्याद थप गरेको छैन ।

सडक अनुगमनका क्रममा सभापति खड्काले निर्माण कम्पनीलाई थप समय दिने बारे छलफल गर्ने, फिल्ड र कागज हेरेपछि यसको निष्कर्ष निस्किने बताउनुभयो । पर्यटकीय क्षेत्रको सडकको दुरावस्था रहेकोबारे अनुगमनका क्रममा पाइएको टोलीको निष्कर्ष निकालेको छ ।

ठेकेदार र निर्माण संयन्त्रको कमजोरीकै कारण देशैभरका सडक बिस्तार ढिलाई भएको र यसतर्फ सुधार गर्नुपर्ने टोलीको ठहर छ । आयोजनाले ०७१ असारमा दुई वर्षभित्र काम सक्ने गरी भारतीय कम्पनी एआइपिएल र सैलुङ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो ।

अनुगमनमा भक्तपुरका प्रतिनिधिसभा सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्र र विभिन्न क्षेत्रका सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वंयसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र…

काठमाडौं ।  नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद पारदर्शी  हुने जनाएकाे छ  । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिद पारदर्शी…

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे…

घटना भएको स्थान राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २ सय किलोमिटर टाढाको रहेको जनाइएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको…