विप्लव समूहद्वारा दुई गाडीमाथि आगजनी

फाइल तस्बिर

हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमाथि आगजनी गरेकाे छ ।

विप्लव समूहले मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले बताउनुभयो ।

यस्तै बन्दमा आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले शंकास्पद वस्तुहरु डिस्पोज गरिदिएको हो ।

विप्लव नेतृत्वको नेकपाले बुधबार बन्दको जानकारी दिनको लागि हेटौँडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै शंकास्पद वस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले बुधबार बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखासहित ११ जिल्ला बन्द आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…