गाउँपालिकाको अनुदानमा चिटिक्क चित्रे

हिमलाल पराजुली
स्याङ्जा । शहरको त के कुरा भयो र ? गाउँमा खरले छाएको घर देखिंदैन । माटो र ढुंगाले बनाइएका घर पनि कमै देखिन्छ । २०७२ सालको ‘गोरखा भूकम्प’ ले बाँकी राखेन । भूकम्पपछि घरका संरचना फेरिए । माटो र ढुंगाको सट्टा सिमेन्ट, बालुवा र रड प्रयोग गरेर घर बनाउन थालियो । खर, छ्वालीको ठाउँमा जस्तापाताले घर छाउन थालियो । जस्तापाता पनि रंगिन प्रयोग हुन थाले ।

एउटै रंगको जस्तापाता प्रयोग गरेर घर छाउने अभियान हरिनाश गाउँपालिकाले चलाएको छ । गाउँलाई एउटै रंगले परिचित गराउने अभियानमा लागेका छन् बासिन्दा ।उनीहरूलाई गाउँपालिकाले अनुदान सहयोग गरेको छ ।  गाउँपालिकाले अभियानई साथ दिएको छ ।

यहाँको विकास निर्माण, सामाजिक एक रूपकता तथा मेलमिलापमा निकै परिवर्तन आएको अनुभूति सर्वसाधारणले गर्न थालेका छन् । एक रूपता ल्याउन सिंगो चित्रे गाउँका घरमा एउटै रंगको छाना छन् । भित्तामा एउटै रङ छन् । १ सय २ घरधुरी छन् । ती घरका छानामा निलो रंगको जस्तापाता छ ।

घरका भित्ताान पनि एकरूपकता छ । कलेजी र हरियो रंगले लगाइएको छ । मगर जातिको बाहुल्यता रहेको यस गाउँका सबै घरमा गाउँपालिकाको ७० र वासिन्दाको ३० प्रतिशत लगानी छ । गाउँपालिकाभित्र एकरूपता ल्याउन अभियान चलाइएको गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरिनाश समृद्धिको लक्ष्यमा छ । चेतना र एकताको सन्देश फैलाएका छौं ।’

गाउँपालिकाको छुट्टै पहिचान स्थापित गर्न एउटै रंग प्रयोग गरिएको उपाध्यक्ष झममाया पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै स्थानीयले एकको नजरमा अर्कोलाई समान देख्ने वातावरणको विकास नभएसम्म समाजको विकासमा कठिनाइ हुन्छ । एकताको सन्देश दिन अभियान सञ्चालन गरिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…