मन्त्रालयका दु्ई निर्देशनालद्वारा प्रगति विवरण सार्वजनिक

हेटौंडा । प्रदेश नं. ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका दुई निर्देशनालले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेका छन् ।

वन निर्देशनालय तथा उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेका हुन् । प्रदेशका १३ वटै जिल्ला निर्देशनालयअन्तर्गतका कार्यालयले प्रगति विवरणको प्रस्तुत गरेका छन् ।

दुईसम्म चल्ने वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्म अनुसार तिनतह भएपनि प्रादेशिक संरचनामा नागरिकले सेवा अनुभूति गर्न नपाएको बताउनुभयो ।

उहाँले अहिलेको प्रादेशिक संरचनामा मकवानपुरका नागरिक सेवा लिन धादिङ पुग्नुपर्ने, दोलखाका जनता मकवानपुर आउनुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री पौडेलले संघीयताको मूलमर्म प्रदेशभरीका घर–घरमा सेवा दिनु रहेको बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले आफ्ना मातहतका कर्मचारीलाई ४५ बूँदे निर्देशन दिनुभएको छ । प्रत्येक कार्यालयले निर्देशनलाई पालना गर्दै चुस्तदुरुस्त काम गर्न र नागरिकलाई प्रदेश सरकारको अनुभूति दिलाउने गरी काम गर्न आग्रह समेत गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…