Logo मंसिर ११, २०७७ बिहीबार


कथा : हल्लाको खेती

नारायण नेपाल

कुनै बेलाको कुरा हो । चौदण्डी भन्ने मुकामको सिस्ने पाखामा भोजु नामका व्यक्ति बस्थ्यो । उसलाई  पेटपालो गर्न पनि धौ–धौ पर्थ्यो । यहाँसम्म कि सामान्य बनीबुँतो गरेर पनि उसको छाक टर्दैन्थ्यो । मस्त खान पर्दा ऊ तरुल, वनकेरा आदि खोजेर ल्याउँथ्यो ।

एक दिन बनिबुँतो छोडेर आफ्नै तरिकाले काम गर्न ऊ कस्सियो । त्यसै क्रममा तरुल खन्न जाँदा एउटा पिठारीको रूखमुनि उसले काग बसिरहेको देख्यो ।

कागले कताबाट मरेको छुचुन्द्रो ल्याएर ठुङ्ग्दै गरेको थियो । हेर्दाहेर्दै त्यो यमदूतले मुसाको आन्द्राभुँडी निकाल्यो र उफ्री उफ्री खाइसक्यो । बचेको टाउको लिएर त्यो पन्छी सुत्त उड्यो एकातिर । भोजु पनि काँधको कुटो बोकेर अघि बढ्यो । केही चैं गर्नुपर्ने रहेछ सोचेर ।

अलि पर पुगेपछि उसले एउटा मरेको स्याल देख्यो । त्यो सिनो चल्दैथियो । भोजुलाई अचम्म लाग्यो । फ्यात्त कुहिन लागेको मासु कसरी हलचल गर्यो भनेर सोच्न थाल्यो । हेर्दाहेर्दै त्यो स्याल नजिकैको देउलको पछाडिपट्टि घस्रियो । फेरि अचम्म । केही पछि नजिकै भएर हिंड्दा पो उसले देख्यो त्याहाँ एउटा बढेमानको गिद्ध रहेछ । त्यस गिद्धले स्यालको सिनो ठुङ्ग्ने हुँदा चलाएको लास चलेको थियो । कति कुरा आफ्नो वशमा मात्रै नि नहुँदो रहेछ सोच्दै ऊ आफ्नो गन्तव्यतर्फ अघि बढ्यो ।

केही समयको अन्तरालमा तरुल बोकेर भोजु घरतिर फर्कियो । अरुको काम गर्दा आउने सन्तुष्टिभन्दा आफ्नो खुसीको काम गर्दा हुने आनन्द धेरै महत्त्वपूर्ण थियो । त्यसैले सायद तरुल र उसको दिनचर्या पर्यायवाची जस्तै भएका थिए ।

वन मासिंदै गयो । तरुल कम पाइन थाल्यो । वनकेरा खोजेर बजार लगेर बेच्न पनि थाल्यो । तर बजारमा उसको जिनिस खासै बिक्री भएन । बिक्री भएका सामानको दाम पनि निम्सरो हुन थालेको थियो ।

अब उसले निगुरो जिब्रीसाग आदि खोजेर बेच्ने प्रयास गर्न थाल्यो । त्यो पनि मानिसले खासै पत्याएनन् । हुनेका घरमा आफ्नै बारीमा धेरै खाले तरकारी पाइन थालेको थियो । विषादी प्रयोगको हल्ला उस्तै भयानक थियो । उपभोक्तामा रोगको त्राश उस्तै बढेको ।

ऊ पढेलेखेको थिएन । त्यसैलॆ भनेकोजस्तो जागिर भेटिंदैनथ्यो । जसोतसो एक जमिन्दारको घरमा खेति सघाउनलाई त बस्यो तर टिकेन । जमिन्दारकी छोरी कान्छि ऊ भनेपछि हुरुक्क हुन्थी तर जमिन्दार काल थियो । ऊ कसैको सुन्नेवाला थिएन । यस्तो ढिट बानीले गर्दा भोजु डराएको थियो । यही डरले ऊ त्यो घर पनि छोडेर अर्को गाउँ पुग्यो ।

कतै केही चाला नचलेपछि ऊ अर्कै पाराले पैसा कमाउँछु भन्दै घरबाट निस्कियो । सानैदेखि जङ्गलको छेउछाउको बसाइ र मांसाहारी जनावरको चर्तिकला बुझेको भएर हो कि जता जे काम गरेपनि गुजारा नचलेपछि उसले अब मासु पसल खोल्ने निर्णय गर्यो ।

सिस्ने गल्लीमा उसले एउटा मासु पसल खोल्यो । आज भोलि गर्दै ग्राहक बढ्दै गए । मासुको व्यापार बढ्यो अनि सँगै वस्ती बढ्यो । ऊ बसेको क्षेत्र घना हुँदै गयो । पसलकै अगाडिबाट गाडी चल्ने हुनथाल्यो । मासुको गन्धले कतिपय भुस्याहाहरू त्यहाँ आउनु सामान्य नै थियो । फेरि भोजुले कच्रीपच्री तिनै कुकुरलाई दिंदैगर्थ्यो । कैलेकाई त भुस्याहाको जुलुसै लाग्ने पनि गर्थ्यो ।

एक दिनको कुरा हो, भोजुले एउटा मासुको टुक्रा अगाडि बाटोमा बस्ने भुस्याहातिर फ्याँक्यो । एउटाले देख्यो, आउन खोज्यो अनि छेकियो । अर्कोले पनि टिप्न खोज्यो, फेरि छेकियो । धेरैवटा कुकुर जम्मा भए । कैले कुन गाडी र कैले कुन गाडी आएको आएकै गरेर बाटो छेकिएको निहुँमा भुस्याहाहरू लड्डी खेल्न थाले ।

कुकुरहरूको झगडा धेरै लामो चल्यो । त्यस झगडाले गर्दा पसलमा ग्राहक कम आए । आजभोलि गर्दागर्दै चल्दाचल्दैको व्यापार धराशायी भयो । मासु पसल पनि छोडेर भोजु जोगी बनेर हिंड्यो । जोगी भएका बेला उसको हिमचिम एक जना युरोपियन जोगिनीसँग भयो । कालान्तरमा उनै जोगिनीले व्याटिकन सिटीमा खोलिएको अघोर मन्दिरमा पूजारी बस्न भोजुलाई लिएर गइन् ।

भोजु जोगी भयो, भोजु भोगी भयो, यस्तो भयो, उस्तो भयो । आफ्नो संस्कार भुलेर पराइकोपछि लागेर विदेशियो । यस्तै–यस्तै, नाना कुरा गरियो । कुरा दोचार्नेले भोजुका कुरा काटे ।

वास्तवमा युरोपमा कमाएको पैसाले भोजुले आश्रम बनाएको थियो । अर्को व्यक्तिमार्फत् आफ्नो ठाउँमा विद्यालय बनाउन लगाएको थियो । पछिल्लो एउटा कार्यक्रमका मन्त्रि वक्ताले भोजुको नाम लिएर चर्चा जोडेपछि पो सबै कुरा छर्लङ्ग भयो । हल्लाको खेती गर्नेहरू जिल्ल परे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।