भट्टराईसँग पराजित दाहालले गरे प्रशंसा (अन्तर्वार्ता)

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका तत्कालिन निकटतम प्रतिद्वन्द्वी कांग्रेस तर्फका प्रतिनिधिसभाका उम्मेद्वार केशवप्रसाद दाहालले ताप्लेजुङबासीले ढिलो भएपनि मन्त्री पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

निर्वाचनताका फरक मत, एजेण्डा भएपनि ताप्लेजुङको विकासकै लागि भएको भन्दै दाहालले मन्त्री भट्टराईप्रति विश्वास व्यक्त गर्नुभएको छ । रेडियो जनता ८९.१ मेगाहर्जको कार्यक्रम समय संवादमा दाहालले भौगोलिक धरातलले विकट तर पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङले सम्बन्धित मन्त्रालय पाउँदा विकास गर्न सहज हुने बताउनुभयो ।

पर्यटनको मेरुदण्ड पाथीभारा मन्दिरको संरक्षण, सम्वद्र्धन र बाटोको बिस्तार भए ताप्लेजुङको विकासमा टेवा पुग्ने दाहाललको दाबी छ । स्वास्थ्य, शिक्षा, यातायात र बेरोजगारीको समस्या रहेको ताप्लेजुङलाई समृद्ध बनाइ यहाँको विकासमा भूमिका खेल्न मन्त्री भट्टराईलाई आग्रह गर्दै दाहालले प्रतिपक्षीको हैसियतमा सहयोग गर्ने बताउनुभयो ।

अन्तर्वार्ता :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…