Logo आश्विन १५, २०७७ बिहीबार


‘औद्योगिक पार्क’ डिपिआर अनुमति

काठमाडौं । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने अनुमति दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो ।

६४ अर्ब नेपाली रुपैयाँमा निर्माण गर्नेे पार्कको डिपीआर तयार पार्ने स्विकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय गरेको छ ।

त्यसैगरी जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो ।

त्यसैगरी तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिनभित्र चाइना कन्सट्रक्सन पावर र जापान–कतारको ज्वाइन्ट भेन्चरमा सञ्चालित एक कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।