‘अधिकारमा प्रदेश अलि हतारिएका छन्’ (अडियोसहित)

मणिराम फुयाल, काठमाडौं क्षेत्र नम्बर २ का प्रदेश सांसद । बि.स २०२३ साल माघमा पिता गुणप्रसाद फुयाल र माता गुणप्रभावको पाँच मध्ये सन्तान तेस्रोको सन्तानको रुपमा काठमाडौको मूलपानीमा जन्मिनु भएको हो उहाँ । फुयाल पंचायतकालदेखि वामराजनीतिमा सक्रिय हुुनुहुन्छ । उहाँ २०४० सालमा अनेरास्ववियुबाट राजनीतिमा सक्रिय हुनु भएको हो । उहाँले स्ववियु सदस्यदेखि पार्टीको गाउँ कमिटी सचिव, इलाका सदस्य हुँदै सचिव र जिल्ला कमिटी सदस्य तथा काठमाडौ क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी बहन गरिसक्नु भएकाे  छ ।

व्यवस्थापन स्नातक र शिक्षा संकायमा स्नाकोत्तर गर्नु‘ भएका फुयाल लामोसमय शिक्षण पेशामा कियाशील हुनुभयो । उहाँले मूलपानीस्थित नेपाल राष्ट्रिय निर्माण उच्च माध्यमिक विद्यालयको प्राचार्यको जिम्मेवारी समेत बहन गर्नुभयो । उहाँले प्राचार्यको जिम्मेवारी समालेपछि राष्टिय निर्माण उमाविले शैक्षिक स्तरमा फड्को मारेको छ । नेरा उच्च माविलाई अत्याधुनिक र स्तरीय बनाउनमा उहाँको उल्लेखनीय योगदान छ ।

सांसद फुयाल ‘राजनीति रितो झोला होइन, उत्पादनशील हुनुपर्छ’ भन्ने मान्यता राख्नुहुन्छ । अहिलेको काठमाडौं क्षेत्र नम्बर २, (पहिलाको काठमाडौं क्षेत्र नम्बर १) कुनै बेला जननेता मदन भण्डारी र पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको चुनावी क्षेत्र थियो । जननेता भण्डारी २०४८ सालमा त्यही क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

२०५० जेष्ठ ३ गते सालमा दासढुंगामा भण्डारीका निधन भएपछि त्यो ठाउँ विद्या भण्डारी हुँदै मनमोहन अधिकारीको चुनावी क्षेत्र बन्यो । उहाँहरु पछि त्यो क्षेत्र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अंगाल्दै आउनु भएको छ। प्रदेश सांसद फुयालले जननेता मदन भण्डारी र मनमोहन अधिकारीको चुनावी मोर्चामा समेत सशक्त भूमिका निर्वाह गर्नुभयो । प्रस्तुत छ , रेडियो जनतामा उहाँसँगको कुराकानी :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।