Logo मंसिर १४, २०७७ आइतबार


श्राद्धकाे भाेजन खाँदा १८ बिरामी

रविन्द्र भट्टराई
सिन्धुली । श्राद्ध खाँदा १८ जना बिरामी परेका छन् । जिल्लाको दुधौली नगरपालिका–६ हर्षाही माझखर्क गाउँका १८ जना आइतबार रातिदेखि बिरामी परेका हुन् ।

स्थानीय डम्बर कुमारी दाहालको घरमा पति देव नारायण दाहालको पुण्य तिथिमा श्राद्ध गरिएको थियो । नगरपालिकाको सहयोगमा उनीहरूको गाउँकै एक घरमा सामूहिक उपचार भइरहेको नगरपालिका स्वस्थ्य शाखा प्रमुख तिल्केश्वर यादवले जानकारी दिनुभयो ।

बिरामी हुनेहरूमा ४ घर परिवारका गीता दाहाल, सीता दाहाल, माधव दाहाल, भगवति पौडेल, यशोदा दाहाल, सुस्मिता दाहाल, सन्तोस दाहाल, जीवन दाहाल, हरि दाहाल, सजिव दाहाल, सर्मिला दाहाल छन् ।

त्यसैगरी विष्णु दाहाल, भक्त कुमारी खत्री, गोविन्द भट्टराई, कौशल भट्टराई, लालबहादुर भट्टराई, झनकप्रसाद अधिकारी र ललिता पाहाडी पनि बिरामी छन् ।

उनीहरूलाई चक्कर लाग्ने, बान्ता हुने, छाडापखाला लाग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखापरेको यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।