‘दूतावासको पत्र प्रधानमन्त्रीलाई नदिनु गल्ती’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्र प्रधानमन्त्री केपी ओलीलाई समयमा नदिएर गल्ती गरिएको स्वीकार गर्नुभएको छ ।

मन्त्री खनालले प्रधानमन्त्री ओलीले जेठ २१ गते पत्रका विषयमा बोल्नुभएको तर हामीले त्यसको दुई दिनपछि मात्रै भारतीय दूतावासको पत्र दिनु गल्ती भएको स्वीकार गर्नुभएको हो ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री ओलीले बोल्नु अघि नै पत्र नदिएर आफूले नेतृत्व लिएको मन्त्रालयले गल्ती गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले पत्रका सम्बन्धमा भारतबाट कुनै दबाब नआएको अभिव्यक्ति दिनुभएको थियो । ‘हाम्रो कमजोरी के भयो भने त्यस पत्रबारे प्रधानमन्त्रीले २१ गते बोल्नुभयो, त्यो पत्र हामीले २३ गते मात्रै हात पारियाे हामीले’, खनालको स्विकारोक्ति थियो, ‘हाम्रो कमजोरी यही हो, यो हाम्रो मन्त्रालयको  जिम्मेबार निकायकाे कमजोरी हो ।’

मन्त्री खनालले भारतबाट आयातित् विषाद परीक्षण तत्कालका लागि रोक्ने निर्णयमा भने आफ्नो मन्त्रालयको कुनै हात नरहेको पटक–पटक दोहोर्याउनुभयो । यो विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित भएकाले विषादी परीक्षण सम्बन्धि निर्णयमा आफ्नो मन्त्रालयको कुनै हात नरहेको उहाँको स्पष्टिकरण थियो । खनालले आयातित् तरकारीमा विषादी परीक्षणको काम जारी रहेको र त्यसलाई रोक्ने पक्षमा सरकार नरहेको प्रष्ट पार्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले पत्र प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबीच लज्जास्पद ढंगले विवाद भएको उल्लेख गर्दै त्यसको यथार्थ विवरण समितिमा जानकारी गराउन मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

समितिका सदस्य दलबहादुर रानाले दुई मन्त्रालयबीच विषादी परीक्षणबारे भएको सार्वजनिक विवादले लज्जाबोध गराएको उल्लेख गर्दै त्यसबारे यथार्थ जानकारी गराउन मन्त्री खनाललाई सचेत गराउनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।