कविताः नारी शक्ति

मलाई त्यो हावाको झोंका बन्नु छ,
चट्टाने पहाडले छेक्न नसकोस् ।
मलाई त्यो निष्पट वादल बन्नु छ,
बाह्र सूर्यको तेजले यत्रतत्र पार्न नसकोस् ।

मलाई विष्णुको सुदर्शन चक्र बन्नु छ,
महाकाली वीरभद्रले निल्न नसकुन् ।
मलाई कृष्णको सारथी बन्नु छ,
दुर्योधनका वाणले छुन नसकोस्।

मलाई त्यो पत्थर बन्नु छ,
भीमको मुक्काले फुट्न नसकोस् ।
मलाई त्यो चिरात्मा बन्नु छ,
ज्वालाग्नीको रापले पोल्न नसकोस् ।

मलाई त्यो छोरी बन्नु छ,
समाजका गिद्धे नजरले झुकाउन नसकोस् ।
मलाई त्यो आइमाई बन्नु छ,
संसारका पापीहरूको सर्वनाश गर्न सकोस्।

मलाई त्यो नारी बन्नु छ,
सृष्टिको सुन्दर संसार बसाउन सकूं ।
मलाई त्यो महिला बन्नु छ,
दुःखीको घाउमा मलम पट्टी गर्न सकूं ।

मलाई ती दुर्गा बन्नु छ,
महिसासुरको तरवारले छुन नसकोस्
मलाई रानी लक्ष्मीवाई बन्नु छ,
अंग्रेजका तरवारले छुन नकोस्। 

देवी काफ्ले

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…