किन डराउने भगवानसँग ?

जीवनमा भगवानलाई हरेकले मान्छन् । दुःख–सुख हरेकमा भगवानलाई मानिन्छ । भगवान सबैको दिलमा बसेको मानिन्छ । तर, भगवान कस्ता छन् ? कहाँ छन् ? कसैलाई थाहा छैन । र, भगवान को हुन् भन्ने पनि थाहा छैन । भगवान खोज्दै भौँतारिएकाले ती भगवान कस्ता रहेछन् ? हेर्ने इच्छा छ ।

गाउँमा १० वर्षे सशस्त्र जनयुद्ध चलिरहेका बेला पहिलोपटक टिभीमा हिन्दी फिल्म हेराफेरी हेरेको थिए । त्यसपछि गाउँकै एकजना दाइले भारतबाट टिभी ल्याएपछि रामायण हेरेँ । पहिले किताबमा देखेका भगवान त्यहाँ आफैँ बोल्न थाले । आजको दिनसम्म ती भगवानलाई देखेको छैन । गाउँमा महिलाहरु छाउ हुँदा तत्कालीन माओवादीले गोठ भत्काइदिँदा समेत भगवान रिसाउँछन् भनेर लुकिलुकी घर मुनि कोठामा बस्ने गर्थे । बच्चा पाउँदा पनि १० दिनसम्म त्यही बच्चाकै साथमा गोठमा राखिन्थ्यो । एकपटकको कुरा, गाउँमा नेपाली सेना आए । सेनाले माओवादीको भन्दा बढी दुःख दिने भएकाले हामीहरु गाउँ छाडेर जंगल जान्थ्यौँ ।

भतिजको श्रीमती बुहारी नाता पर्नेले बच्चा पाउने भइन् । एकातिर सानो गोठमा हामी करिब ८४ परिवार बसिरहेका थियौँ । खान केही थिएन । महिलाले दिनभर सिस्नु टिप्थे । पुरुषले माछा मारेर ल्याउँथे । अरु खाद्यान्न केही थिएन । सबै घरमै थियो । त्यहाँ आउन सक्ने स्थिति थिएन । जो आयो, उसको हड्डी भाँचिने गरी नेपाली सेनाले रामधुलाई हान्थे । पुसको जाडोमा ती महिलालाई एउटा सारीका भरमा भगवान रिसाउने डरले आँगनमा सुताइयो । अर्कातिर तिनले माछा पनि खान नमिल्ने, सिस्नु पनि खान नमिल्ने रहेछ ।

महिलाले दिनभर सिस्नु टिप्थे । पुरुषले माछा मारेर ल्याउँथे । अर्कातिर तिनले माछा पनि खान नमिल्ने, सिस्नु पनि खान नमिल्ने रहेछ

एकदिन केही खान नपाएपछि उनका हातखुट्टा थर्थरी काँप्न थाले । अन्त्यमा सबै जनासँग राखियो । हामीले खाइरहेका सबै खानेकुरा दिइयो । तर, भगवान रिसाएनन् । यसको केही समयपछि माओवादीले घरको तल्लो तलामा बस्नेको निगरानी गर्न थालेपछि अहिले गाउँका केही बाहिर बसे पनि अधिकांस महिला घरमै बस्न थालेका छन् । आफैँ भैँसी दुहुन थालेका छन् । हाम्रो पल्लो गाउँका मानिसहरु अहिले पनि छाउगोठमा बस्छन् । तर, मैले भगवान रिसाएको देखेको छैन । मानव जीवनको आधार तीन कुरामा कायम छ ।

१. बाँच्न भोजन
२. लामो जीवनयापनको सम्भावनाका लागि सुरक्षा
३. वंश अघि बढाउन सहबास
मानिसले भगवानका डरका नाममा यी तीनै कुरा बिर्सिन पुगेका छन् । यी तीन पक्ष नै जीवनको प्राथमिक सिद्धान्त हो । मानव जीवन यी तीन आवश्यकताबाटै अघि बढिरहेको हुन्छ । मानव जीवनको सबैभन्दा ठूलो भुल सुरक्षा हो । सुरक्षाले मानिसको जीवनमा डर पैदा गरेको हुन्छ । यही डरले भगवानको विश्वास कायम गरेको हुन्छ । डर मानव जीवनको अभिन्न अंशका रुपमा पनि लिइन्छ । मानिस आफूलाई क्षति पुर्याउने प्रत्येक चिजसँग डराउँछन् । जस्तैः आगो, पानी, डरलाग्दा जनावरसँग डराउँछन् । यसमा सबैभन्दा ठूलो डर हो मृत्यु । आफ्नै अस्तित्व हराउने डरले मानिसलाई कमजोर पारिरहेको छ ।

पूरा पाषाणकालको मानव यही एक डरका कारण कालान्तरमा मानिस आफ्नो कैयौँ कल्पना भगवान, आत्मा, परलोक, स्वर्ग–नर्क, देवीदेवतालाई जन्म दिन्छन् । खासमा यो आफैँलाई मृत्युपछि पनि जीवित अस्तित्व रहोस् भन्ने चाहनाका साथ दिइन्छ । यी सब कल्पना हुन् । जुन मानिसले जन्मजात बुद्धिले मृत्युको डरलाई बेवास्ता गर्न प्रयोग ग¥यो । विस्तारै यी सबै कुरा विभिन्न रीतिथिति र अन्धविश्वासमा रूपान्तरण हुँदै गए । जसका कारण यस्ता रीतिथिति र अन्धविश्वासले बिस्तारै व्यवसायको रूप लियो । हरेकलाई जानकारी भएको पाटो हो । आज विभिन्न नाम दिएर जन्माइएका सयौँ धर्मका रूपमा अज्ञानको समान पेशा हाम्रो अगाडि छ । यही कारण आज पनि धर्म संसारका ठूला व्यवसायमध्ये प्रमुख पेशा बनिरहेको छ । यसका हतियार यसैगरी औषधि र हतियार अर्का दुई ठूला पेशा हुन् ।

जबसम्म मानवजातिले अन्धकार युग पछाडि छोडेर आफैँ अघि बढेर नयाँ युगको आवश्यकता र उपयोगिता प्रवेश गर्दैन । तबसम्म यसले ब्रह्माण्डको रहस्यको सतहलाई समेत भ्रामक बनाएर राख्नेछ । पृथ्वी अब उसका लागि मात्र खुला हुनेछ, जो अन्धकार र अन्धविश्वासलाई साँचो ठान्छ । जीवन र मृत्युका पहेली अब जटिल छैनन् । यस अवस्थामा आज त्यो धर्मको आवश्यकता छैन । जुन उसले अज्ञानतामा आविष्कार गरेको थियो वा उसको अज्ञानतामा अस्तित्वमा आएको छ । तर आज मानवताको प्रगतिमा सबैभन्दा ठूलो अवरोध भनेको धर्म हो ।

जीवनको सत्य हो, धर्मको दरबार यो बुझ्नेबित्तिकै कार्ड जस्तै झर्नेछ, किनभने यो आत्मा हो कि परमात्मा र यी दुवै धर्मको आधार हो, जहाँ आत्मा मर्दछ र दिव्य मर्नेछ

अहिलेको युगमा धर्म संसारका लागि अफिमजस्तै हो । तर पनि धर्मका व्यापारीले यसलाई कुनै पनि हालतमा अन्त्य गर्न चाहँदैनन् । बरु यस अफिमका व्यापारीले अन्त्य गर्नुको सट्टा मादक पदार्थको मालामा उनेर तीव्र पार्ने काम गरिरहेका छन् । मृत्यु जीवनको सबभन्दा ठूलो सत्य हो । यसबाट कति डराउँछन्, मृत्युपछि के हुन्छ भन्ने बताउन आजसम्म कोही पनि फर्केका छैनन्, जीवन जलिरहेको मैनबत्तीको ज्वालाजस्तै हो, जब मैनबत्तीको ऊर्जा हुन्छ तब त्यो ज्वाला अन्त्य हुन्छ । यस तरिकाले, जब हाम्रो खर्बौँ कोषहरू कमजोर हुन्छन् । हामी बूढो हुन्छौँ र जब सबै कोषहरू पूर्णरूपमा काम गर्न रोकिन्छ, तब हामी मर्दछौँ । यो जीवनको सत्य हो, धर्मको दरबार यो बुझ्नेबित्तिकै कार्ड जस्तै झर्नेछ, किनभने यो आत्मा हो कि परमात्मा र यी दुवै धर्मको आधार हो, जहाँ आत्मा मर्दछ र दिव्य मर्नेछ र यी दुईको धर्म मर्नेछ । यो आफैँमा अन्त्य हुनेछ, जसले हामीलाई आत्मा र दिव्यको नाममा शताब्दियौँदेखि सताउँदै आएको छ ।

एकपटक सोच्नुहोस्, हामी कुकुरदेखि डराउँछौँ, बाघ र सिंहसँग डराउँछौं, भेडासँग डराउँछौं, सर्पसँग डराउँछौँ, बिच्छीसँग डराउँछौ । किनकी यी सबैका कारण अन्धकारले डराउँछ, तर हामी किन भगवान–परमेश्वरसँग डराउँछौँ ? डरले हाम्रो विजय हराउँदै गएको छ । हामी मावनतादेखि नै कमजोर बन्दै गएका छौँ । डर त्याग्नुपर्छ । अनि मात्र मानवताको विजय हुन्छ ।

याे पनि पढ्नुहाेस्ः

आरक्षणमाथि नै आक्रमण

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…