गाँजा ओसारपसार गर्ने तीन पक्राउ

पुष्पराज अधिकारी
मकवानपुर । प्रहरीले अटोमा लुकाएर गाँजा ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाई गाँजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८, देवकोटका जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१०, रानीघाटका राजेश पटेल र मुन्ना अन्सारी रहेका छन् ।

प्रहरीले सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नम्बरको अटोलाई हेटौँडा–११ थानाभर्याङमा चेकजाँच गर्दा अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद गरेको हो । प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाँको प्याकेट राखेको र छतमासमेत पोका बनाई लुकाएर ६ वटा पोकामा गाँजा ओसारेको पाइएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिहले बताउनुभयो ।

गाँजा तस्करीले प्रहरीलाई झुक्याउन नयाँ उपाय अपनाउने गरेको सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…