गुठीबारे छलफल गर्न समिति, सचिवालय हेर्ने जिम्मा नेवाः अध्यक्षलाई

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको सन्दर्भमा गुठियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुठियारको एक कार्यसमिति गठन गरेको छ ।

काठमाडौंको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा. महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ ।

सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा क्रमशः ललितपुरबाट नानीकाजी शाक्य, रवीन्द्र ताम्राकार, सबिना महर्जन, ऋषिप्रसाद श्रेष्ठ, भक्तपुरबाट श्याम शिल्पकार, शान्तप्रकाश श्रेष्ठ, टोखाबाट श्रीकृष्ण मानन्धर, फम्पी सङ्घर्ष समितिबाट रोशन श्रेष्ठ र सक्व सङ्घर्ष समितिबाट राजा श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै खोना संघर्ष समितिबाट नेपाल डङ्गोल तथा अशोक महर्जन, कीर्तिपुरबाट श्रीकृष्ण महर्जन, काठमाडौंबाट राजभाइ जकःमि, नानीहेरा महर्जन, सुमन सायमी, रवीन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान शाक्य, रमेशमान पिया र सुरेश किरण मानन्धरलाई चयन गरिएको छ ।

समितिको सल्लाहकारमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीरसिंह कंसाकार, मल्ल के सुन्दर, डा. पुष्पराज राजकर्णिकार र चन्द्र महर्जन रहनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…