सिडियोको आत्मकथा ‘आफ्नै भूमि आफ्नै अनुभव’ सार्वजनिक

काठमाडौं । पूर्वसिडियो धनप्रसाद शर्मा पौडेलको आत्मकथा ‘आफ्नै भूमि आफ्नै अनुभव’ राजधानीमा सार्वजनिक भएकोछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, साहित्यकार प्रमोद प्रधान, समिक्षक ज्ञानु अधिकारी, ठाकुर चापागाईँ, लेखक धनप्रसाद शर्मा पौडेल लगायतले पुस्तकको संयुक्त रुपमा रुपमा विमोचन गरेका हुन् ।

सभामुख महराले कुनैबेला आफू हटारु पत्रिकाको सम्पादक रहेको र पत्रिकाकै कारण तीन महिना जेल परेको बताउनुभयो । त्यतिबेला आफूले पनि कविता लेख्ने गरेको प्रसङ्ग कोट्याउदै महराले सबैमा कवि हृदय हुने तर सबैलै अभिव्यक्त नगर्ने गरेको सुनाउनुभयो । मन्तव्यका क्रममा महराले धनप्रसाद शर्मा पौडेल देश र जनतालाई माया गर्ने प्रशासक रहेको भन्दै पुस्तकमा सिक्नुपर्ने थुप्रै कुराहरु रहेको धारणा राख्नुभयो ।

पत्रकार एवं समिक्षक प्रमोद प्रधानले बजारमा थुप्रै आत्मकथाका किताब आएपनि ती अर्कैले लेखिदिएकाले आत्मरती मात्र रहेको भन्दै आफ्नै भूमि आफ्नै अनुभवमा लेखकले आफ्ना कमी कमजोरी पनि उल्लेख गरेको बताउनुभयो । प्रधानले भन्नुभयो, ‘किताबमा सफलता असफलता दुवै कथा छन्, विशिष्ट व्यक्तिको यस्तो अनूभुति आउनु धेरै राम्रो हो ।’

त्यसैगरि, समिक्षक ज्ञानु अधिकारीले किताबमा प्रशासनिक जीवनका आरोहअवरोहका साथै कतै पुस्तक संस्मरण जस्तो, कतै नियात्रा जस्तो त कतै निबन्ध जस्तो रहेको बताउनुभयो । किताब पढ्दा पाठकलाई रोचक नै लाग्ने धार अधिकारीको भनाइ थियो ।

लेखक पौडेलले किताब लेख्नुका कारण बताउनुका साथै जागिरे जीवनका केही अनुभूतिसमेत पस्कनुभएको थियो ।

बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाईँ अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण उपन्यासकार अनुपम रोशीले गरेकी थिइन् ।

सूर्य बिसीले सम्पादन गर्नुभएको पुस्तकको बजार मूल्य ३ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…