कारागारमा दूषित पानी, १ सय २० कैदी बिरामी

उदयपुर कारागारका बिरामी कैदीबन्दी/ तस्बिर : सुखीलाल

उदयपुर । जिल्ला कारागारमा रहेका १ सय २० कैदीबन्दी बिरामी परेका छन् । कैदीबन्दीलाई आइतबारदेखि भाइरल ज्वरो र झाडापखालाले सताएको हो ।

कारागार प्रमुख कुमार खड्काले दूषित पानीको कारण कैदीबन्दी बिरामी परेको बताउनुभयो । प्रमुखका खड्काका अनुसार कारागारमा खोलाबाट पानी ल्याइएको छ । कैदीबन्दीलाई त्यही पानी पिउने व्यवस्था मिलाइएको छ । वर्षाकाे कारण खोलाको पानी धमिलो भएपछि कैदीबन्दी बिरामी परेका हुन् । कैदीबन्दी भाइरल ज्वरो र झाडापखालाले थला परेपछि अहिले पानी तताएर पिउने व्यवस्था मिलाइएको छ ।

बिरामी कैदीबन्दीलाई जिल्ला अस्पतालबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली बाेलाएर उपचार गरिएको खड्काले जानकारी दिनुभयो । कारागार प्रमुख खड्काका अनुसार ९ जनालाई अस्पताल लगिएको छ । कारागारमा रहेका बिरामी सबैले औषधि सेवन गरिरहेका छन् । ५० जना क्षमताको कारागारमा १ सय ७३ कैदीबन्दी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।