Logo फाल्गुन १४, २०७७ शुक्रबार


ललितपुर महानगरमा अब साइकल सररर… (भिडियोसहित)

कान्ति न्यौपाने
काठमाडौं । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ललितपुर महानगरपालिकाले छुट्टै साइकल लेन बनाउने भएको छ । ६ महिनाभित्र ललितपुरमा चार फिट चौडाइका साइकल लेन निर्माण योजना छ ।

राजधानीका सडकमा दुई दशक साइकलबाट आवतजावत गरिरहनु भएकाे छ, श्यामबहादुर महर्जन । विभिन्न कामका लागि सहरका कुनाकुना पुग्ने श्याम साइकलमा आवतजावत गर्दा असुरक्षित महसुस गर्नुहुन्छ । श्याम त प्रतिनिधि पात्र मात्र हो ।

राजधानीका सडकमा असुरक्षित महसुस गर्दै साइकलमा दैनिकी गुजार्नेहरु थुप्रै छन् । यस्तै समस्या न्युनीकरणका लागि ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।  फुटपाथ साइडमा विभिन्न रंग संयोजन गरेर ४ फिट चौडाइको लेन निर्माण गरिन लागेको हो । ६ महिनाभित्र साइकल लेन निर्माण पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…