Logo ८ असार २०७८, मंगलवार


अब मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख पाइने

काठमाडौं । अब मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । यस्तो कर्जामा सेवा शुल्कसमेत पुरै छुट हुनेछ ।

नेपाल राष्ट्र बैंकले व्यावसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्नेलाई र भूकम्प प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्ने ऋणीलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था गरेको हो ।

यसैगरी, कृषि, उद्यम र व्यवसाय गर्नेका लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटर बाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।, राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…