कपडा पसलमा आगलागी

बाँके । नेपालगञ्जमा २ वटा कपडा पसलमा आगलागी भएको छ । नेपालगंज उपमहानगरपालिका–२ घरबारीटोलमा कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मंगलबार राति आगलागी भएको हो।

बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशंक गरिएको छ । आगो उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले निभाएका थिए । प्रहरी उपरीक्षक वीरबहादुर वलीले आगलागीबाट डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले वैशाख यता ४ पसलमा आगलागी भएको र त्यसबाट करोडौँ रूपैयाँकाे क्षति भएको बताउनुभयो । उहाँले व्यवसायीलाई आगलागी पीडितलाई सहयोगका गर्न आग्रह समेत गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।