काठमाडौं । यदि तपाईंहरु चाउमिन खान मनपराउनुहुन्छ भने सावधान रहनुहोस् । भारतको हारियाणास्थितच यमुनागरको भएको घटनाले तपाईंले चाउमिन खानुअघि पक्कैपनि सोच्नुहुनेछ ।
यमुनानगरको एक रेस्टुरेन्टको चाउमीन खाने तीन वर्षको बच्चाको फोक्सो फाटेको छ । बच्चाले चाउमिनमा मिसाएको अचार खाएपछि बिरामी भएको भारतीय मिडियाले लेखेको छ । चटनीमा भएको एसिटिक एसिडले बच्चाको शरीर जलेर फोक्सो फाटेको हो । चटनी खाएको केहीबेरमा शरीर कालो भयो, त्यसपछि रक्तचाप शून्यमा झर्यो ।
बालरोग विशेषज्ञ डाक्टर निखिलका अनुसार बच्चालाई अस्पताल ल्याउँदा उसको ब्लडप्रेसर शून्यमा झरेको थियो । उहाँले भन्नुभयो, ‘जब हामीले बच्चाको एक्सरे गर्यौं त्यतिबेला हामी सबै चकित पर्यौं, किनकी बच्चाको फोक्सो फुटिसकेको थियो ।’
बच्चाको पिता मञ्जुरले छोरालाई चाउमिन खुवाउन लगेका थिए । चाउमिन खाँदाखाँदै अचानक छोरा उस्मानले चटनी पिए । त्यसको केहीसमयपछि नै उस्मान बिरामी परे । र डाक्टरकोमा लगियो ।
फोक्सो फाटेको उस्मानको शरीरको अप्रेसन गरेर ट्युब राखिएको छ । तीनपटक उसको मुटुले काम नगरेको उपचारमा संलग्न डाक्टरहरुको भनाइ छ । १६ दिनसम्म भेन्टिलेटरमा राखिएको उस्मानको स्वास्थ्यमा क्रमिक सुधार आएको जनाइएकाे छ ।
चटपटे, चाउमिन, पानीपुरी लगायतका खानेकुरामा एसिटिक एसिड राखिएको हुनाले यस्ता खानेकुरा नखान डाक्टरहरुको सल्लाह छ ।