घुस लिँदालिँदै इन्जिनियरसहित  चार पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुस लिँदालिँदै डिभिजनल इन्जिनियरसहित चारजना पक्राउ गरेको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेल र इन्जिनियर पवित्रमणि आचार्य घुस लिँदालिँदै आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले घुस दिने जिएमआर निर्माण सेवाका सञ्चालक ऋषि गौतमलाई पनि नियन्त्रणमा लिएको छ ।

पोखराको विन्दवासिनीदेखि हरिचोकसम्मको सडक निर्माण ठेक्का लिएका ऋषि गौतमले कमिसनवापतको रकम डिभिजनल इन्जिनियर पोखरेललाई निवासमै बुझाइरहेको बेला अख्तियारले पक्राउ गरेको हो ।

त्यसैगरी पुर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पनि ६ लाख ७५ हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइराला रङ्गेहात पक्राउ परेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…