एकलाख घुससहित सबओभरसियर पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट एक सब ओभरसियरलाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

प्राप्त जानकारी अनुसार धनुषाको नगराइन नगरपालिकाका सब ओभरसियर उमेश मण्डललाई सेवाग्राहीबाट सम्पन्न भएको योजनाको भुक्तानी गराई दिए वापत घुस लिएको १ लाख रुपैयाँ सहित अख्तियारले पक्राउ गरेको हो ।

मण्डलले सेवाग्राहीलाई घुसको रकम लिन जनकपुर अञ्चल अस्पताल अगाडि बोलाएको थियो । त्यस क्रममा विशेष सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएका टोलीले घुसको रकमसहित पक्राउ गरेको हो ।

शुक्रबार बेलुका ७ः १५ बजेको समयमा मण्डललाई घुस लेनदेन भइसकेपछि जाँन लाग्दा सुराकीमा खटिएका अख्तियार टोलीले रंगेहात पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…