मेलिना र लेखुको टेलिफोनको टावर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका मेलिना राई र युवागायक लेखु सहयात्रीको यूगल गीत ‘टेलिफोनको टावर’ सार्वजनिक भएको छ ।
भाव सागर इन्टरटेन्मेन्टबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ गीतकार अम्बिका गुरुङले कोर्नु भएको रमाइला शब्दमा दिपक शर्माले सङ्गीत भर्नुभएको छ ।
उदयराज पौडेलको सङ्गीत संयोजन र श्यामश्वयत रसायलीको ध्वनी सम्पादनले गीत थप कर्णप्रिय बनेको छ ।
रोमान्टिक गीत टेलिफोनको टावरमा चर्चित मोडल अलिशा राई र नायक आकाश श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।
अर्जुन तिवारीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको भिडियो निर्देशन विधान कार्कीले गरेका हुन् ।
भिडियो हेर्नुहोस्ः