मेयरलाई स्कर्ट र ब्लाउज लगाएर शहर घुमाइयो

मेक्सिको । चुनावका बेला नेताहरू विभिन्न वाचा गर्छन्। चुनाव जितेपछि भने सबै बिर्सन्छन्। चुनावी प्रतिबद्धता बिर्सने एक जना मेयरलाई मेक्सिकोका नागरिकले पाठ पढाएका छन्। उनीहरूले उनलाई महिलाको लुगा लगाउन लगाएर शहर घुमाए।

गत हप्ता ह्विक्सटान प्रदेशमा रहेको सान आन्ड्रेस पोर्टो रिको शहरका मेयर जाभिइर जिमेनेजलाई नगरवासीले केही दिनसम्म महिलाको भेषमा शहर घुम्न बाध्य पारेका थिए।

गाढा कालो रङको लामो स्कर्ट र सेतो ब्लाउज लगाएर आक्रोशित शहरवासीका अगाडि मेयर जिमेनेज हिँडेका थिए। एक जना नगर अधिकारी लुइस टनले उनलाई साथ दिएका थिए, जो गुलाबी रङको महिला पहिरनमा सजिएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार चुनावताका जिमेनेजले शहरको खानेपानी प्रणालीमा सुधार गर्न करिब १ लाख ५८ हजार डलर बजेट छुट्याउने वाचा गरेका थिए। तर, यो रकम उनी आफैँले हिनामिना गरेको आरोप लगाइएको छ। महिलाको पोशाकमा शहर घुम्न बाध्य पारिएका मेयरले भने आफू निर्दोष भएको दाबी गरेका छन्।

रिसाएका नगरवासीले हातमा सरकारको असफलतामाथि खेद प्रकट गरिएका प्लेकार्ड बोकेका थिए। अँध्यारो मुख लगाएर शहर घुमेका मेयर जिमेनेजले शहरवासीलाई आफूले काम गर्न खोजेको बताइरहेका थिए। तर, उनीहरू भने मेयरलाई गाली गरिरहेका थिए।

मेक्सिकोमा जनप्रतिनिधिलाई यसै गरी महिलाको पोशाक लगाउन बाध्य पारेर लज्जित तुल्याउने पुरानो परम्परा छ। , अन्नपूर्ण पाेस्ट् दैनिकले खबर छापेकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…