म उभिनै चाहिन जसका आँखा अगाडि…

-गजल

बेइमान गरिरहन्छन आँखा, आँखा अगाडि
देखाएर अनेकन सपना आँखा अगाडि

मैले जिन्दगीलाई चुनौती दिनुपूर्व नै
देख्न त देखेथें खतरा आँखा अगाडि

तिम्रो निर्दोष अनुहार खराब विचारले
बाँकी राखेन कत्ति भरोसा आँखा अगाडि

उसले गणतन्त्र के हो नबुझेको होला
गुमाएको छ सब लडाइँमा आँखा अगाडि

उही मान्छे भेटिन्छ यात्रामा हरबखत
म उभिनै चाहिन जसका आँखा अगाडि

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…