तपाईंको यो साता (साउन २६ देखि ३२ गतेसम्मको राशिफल)

मेष– यात्रा एवं व्यक्तिगत काममा खर्च बढ्नेछ । सामान्य क्षति हुने तथा व्ययभार थपिनेछ । फाइदा अरुलाई जाने तथा मानसिक चिन्ता थपिनेछ । साताको मध्यमा भने काममा प्रगति देखिने एवं साथीभाइसँग रमाइलो यात्रा हुनेछ । प्रेममा वृद्धि एवं धनसम्पतिको कारोबार बढ्नेछ । पारिवारिक सहयोग मिल्नाले आँटको काममा सफलता हुनेछ । बोली वचनको प्रभावले नयाँ मित्रता कायम हुने तथा नयाँ कामको शुरुवात हुनेछ ।

वृष– आयआर्जन राम्रो हुने देखिन्छ । व्यवसायमा फाइदा मिल्नाले आर्थिक बोझ कम हुनेछ । सुख सुविधा एव घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सास्ती एवं झन्झट बेहोर्नुपर्नेछ । सरसामान हराउन सक्ने तथा अरुको जालझेलमा घाटा मिल्न सक्नेछ । साताको अन्त्यमा भने पारिवारिक सहयोगले इच्छाएको कुरामा साथ मिल्नेछ तथा नयाँ मित्र भेटघाट एवम प्रेममा प्रगति देखिन्छ ।

मिथुन– राजनीतिक क्षेत्रमा जिम्मेवारी थपिनेछ । काममा सफलता मिल्नाले नयाँ काममा आँट आउनेछ । रोजगारीमा खुशीयाली एवं आर्थिक वृद्धि हुनेछ । कृषि चौपायाबाट आर्थिक फाइदा एवं मातृपक्षबाट सहयोग मिल्नेछ । आम्दानी राम्रो हुनाले कारोबारमा सहजता आउनेछ । साताको अन्त्यमा भने कारोबार बिग्रिने तथा अरुले बाधा दिनेछन् । मानसिक तनाव बढ्नाले काम अधुरो हुनेछ ।

कर्कट– वैदेशिक क्षेत्रमा प्रगति देखिन्छ । धार्मिक रुचि बढ्ने एवं धार्मिक यात्रा हुनेछ । सामाजिक क्षेत्रमा पहिचान मिल्ने तथा ठुलाबडाले साथ दिनेछन् । पद प्रतिष्ठामा वृद्धि हुने तथा राजनीतिक क्षेत्रमा पहुँच मिल्नेछ । आर्थिक क्षेत्रमा प्रगति एवम नयाँ धनमाल जोडिनेछ । जग्गा जमिनको कारोबाट फाइदा मिल्ने तथा महिला पक्षबाट भरपुर सहयोग पाइनेछ ।

सिंह– साताको सुरुमा सामान्य बाधा अड्चन हुनेछ । स्वास्थ्यले धोका दिने तथा आफन्तले साथ छोड्नेछन् । साताको मध्यमा भने काममा प्रगति देखिने तथा आफन्तजनबाट सहयोग मिल्नेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने काममा प्रशंसा मिल्ने, रोजगारीका अवसर आउने तथा साथीभाइको सहयोगले वैदेशिक काममा सहजता मिल्नेछ ।

कन्या– व्यावसायिक यात्रा हुनेछ । साझेदारी क्षेत्रमा फाइदा मिल्नाले नयाँ कामको योजना बन्नेछ । साताको मध्यमा भने काममा वाधा आउने तथा सामान्य गल्तीले अपजसको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने समयले साथ दिनाले घर बाहिरको काम बन्ने एव वैदेशिक यात्राको अवसर मिल्ने तथा धार्मिक यात्रा हुनेछ ।

तुला– खेलकुद एवम मनोरञ्जनमा समय व्यतित हुनेछ । मुद्दा मामिला एवं अदालती काममा सहजता मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले काम छिटो सम्पन्न हुनेछ । जीवनसाथीबाट सहयोग मिल्नाले काममा सजिलो हुनेछ । पारिवारिक भेटघाट हुने तथा प्रेमी प्रेमिकाबीच मायाप्रेम बढ्नेछ । साताको अन्त्यमा भने सामाजिक प्रतिष्ठा घट्ने तथा शारिरीक समस्या देखिन्छ ।

वृश्चिक– अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तानको मायाले प्रशन्नता बढ्नेछ । आम्दानीको स्तर वृद्धि हुनाले धनको कारोबारमा सहजता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम पुरानो ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा हुने, पारिवारिक भेटघाट हुने तथा मनोरञ्जनमा खर्च हुनेछ ।

धनु–मानसिक अशान्ति बढेर जानेछ । घरायसी झमेला आउनाले आपसी सहयोग कम हुनेछ । चिसोको समस्या एवं स्वास्थ्यमा तलमाथी पर्नेछ । अध्ययनमा भने प्रगति एवम कला क्षेत्रमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा फाइदा एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने मावली पक्षबाट सहयोग एवं माया बढ्नेछ ।

मकर–  छोटो यात्रा गर्नुपर्नेछ । दाजुभाइको सहयोग मिल्नाले घरायसी काम बन्नेछ । दिदीबहिनी पक्षबाट आर्थिक काममा सहयोग मिल्नेछ । साताको मध्यमा भने आफन्तजनसँग मनमुटाव एवं मित्रतामा दरार आउनेछ । साताको अन्त्यमा भने आर्थिक कारोबार बढ्ने एवम आकश्मिक लाभ हुनेछ । पढाइमा सफलता मिल्ने एवं सन्तानको सुख पाइनेछ ।

कुम्भ– बोलीबचनबाट काम बन्नेछ । धन सम्पति जोहो हुने तथा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । भोजनको सुख मिल्ने एवं साथीभाइसँग यात्राको तय हुनेछ । भाइबन्धुबाट काम बन्ने एवं जोस, जाँगर बढेर जानेछ । आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । साताको अन्त्यमा भने पारिवारिक वैमनस्यता एवं मानसिक अशान्तिले घेर्नेछ ।

मीन– मनोरञ्जनमा दिन व्यतित हुनेछ । शंकाले मित्रतामा समस्या ल्याउने एवं सामान्य वादविवाद हुनेछ । काममा भने प्रगति एवं अरुले प्रशंसा गर्नेछन् । बोली बचनको प्रभावले काममा प्रगति देखिन्छ । भोजभतेरमा सहभागिता एवं सभा, गोष्ठीमा निम्ता मिल्नेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाटमा दिन बित्ने एवं सामुहिक काममा खर्च हुने तथा छोटो यात्रा एवं स्थान परिवर्तन गर्नुपर्नेछ ।

        ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…