इन्धन ट्याङ्कर विष्फोटमा ६० को मृत्यु, ७० घाइते

काठमाडौं । तान्जानियाको मोरोगोरो शहर नजिक इन्धन ट्याङ्कर विष्फोट हुँदा ६० को मृत्यु भएको छ ।
विष्फोटमा परी ७० भन्दा बढी घाइते भएका छन् । इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरैको मृत्यु भएको एजेन्सीले बताएका छन् ।
मृतक अधिकांश मोटरसाइकलमा यात्रारत भएको र उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गरिरहेका जनाइएको छ ।
चुहिएको इन्धनमा चुरोटको ठुटो फाल्दा आगलागी भई विष्फोट भएको जनाइएको छ।