ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ

सुनसरी । इटहरीमा लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् ।

मेजरसहित अर्का एकजना पनि पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताउनुभएको छ ।

पक्राउ परेका मेजर अजितप्रताप सिंहसहित दुवैलाई सुनसरी प्रहरीकाे जिम्मा लगाइएको लामाले बताउनुभयो ।

उनीहरूका साथबाट डेड ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ ।

पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मेजर सिंह इटहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…