‘१३ औं साग सफल हुन्छ’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफूले चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताउनु भएको छ। शनिबार मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्य–सचिव सिलवालले चुनौती स्वीकार गरेर आएको बताउनुभएको हो।

‘म चुनौती स्वीकार गरेर नै आएको हुँ, १३औं साग हुन्छ। भारतले पनि सहभागिताको पत्र पठाई सकेको छ, अब कुनै कारणले रोकिने अवस्था छैन। सदस्य–सचिव सिलवालले भन्नुभयो, ‘चाईनीज टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वाधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउँदैछ,सातदाेबाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरेपछि १३ औं सागको माहोल बन्ने छ।’

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले कार्यकालको शुभकामना ब्यक्त गर्दै सस्थापक अध्यक्ष समेत रहेका सिलवालको सफल कार्यकालका लागि शुभकामना दिनुभयो।

उहाँले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नाताले सदस्य–सचिवको पद नभइ सिलवालले आफ्नै  खुबीका कारण सदस्य–सचिवको पद पाएको बताउँदै खेलकुदको विकास र विस्तारका लागि एकेडेमीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव अचार्यले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो।

एकेडेमीका सचिव ओमकृष्ण प्रसाईंले कार्यकाल सफलताका लागि कामना गर्नुभयो। कार्यक्रममा एकेडेमीका पदाधिकारी र क्रिकेट विभाग, मार्सल आर्ट विभागलगायतको उपस्थिति रहेको थियो।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…