Logo मंसिर १४, २०७७ आइतबार


१३ रोपनी वन व्यक्तिका नाममा

काठमाडौं । काभ्रेमा वनको १३ रोपनी जग्गा व्यक्तिका नाममा गरेको पाइएको छ । धुलिखेल–१० मा पर्ने साविक सारदाबतासे गाविसको सेतीमाटी सापकोटा पाखा वनको ११ रोपनी वन क्षेत्रको जग्गा तत्कालीन वडाध्यक्ष बलराम पराजुलीले आफ्नो बनाई बेचेका हुन् । खरिद गर्ने समूहले छुट दर्ता गरी थप २ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको छ ।

२०३२ सालमा आफ्नो नाममा नापी गराएको कित्ता नं १४ को ९ रोपनी ८ आना र १५ नं कित्ता वनको ११ रोपनी २ पैसा जग्गा गरी २० रोपनी ८ आना जग्गा पराजुलीले बैंकमा धितो राखेर कर्जा लिएका थिए । लिलाम हुने स्थिति भएपछि पराजुलीले २०७५ भदौ १४ गते सिन्धुली, पुरानो झाँगाझोली–९ का बबिता खत्री, भोजपुर च्याग्रे–६ का झुमादेवी, साविक काभ्रे नित्यचण्डेश्वरी–२ का विदुरबहादुर बस्नेत र शारदाबतासे–३ का रवीन्द्र अधिकारीका नाममा सगोलमा पास गरिदिएका थिए ।

जग्गा खरिद गर्ने एक व्यक्तिले सम्पूर्ण प्रक्रिया पूरा गरी व्यक्तिकै जग्गा किनेको दाबी गर्दै गलत भए कारबाही भोग्न तयार रहेको बताए। व्यक्तिका नाममा दर्ता वन क्षेत्रमा हालै प्लटिङ गरिएको छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।