बाढीका कारण भारतमा ९५ को मृत्यु

काठमाडौं। बाढीका कारण भारतका दक्षिणी र पश्चिमी राज्यमा ९५ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ४० जनाभन्दा बढी केरला राज्यका बासिन्दा रहेको बताइएको छ। बाढी प्रभावितहरूलाई अधिकारीहरूले अग्ला स्थानमा बस्ने कोशिस गर्न आग्रह गरेका छन्।

जूनदेखि सेप्टेम्बर महिनासम्म भारतमा वर्षाको प्रभाव पर्ने गर्छ। प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूका अनुसार केरलामा एक लाख भन्दा बढीलाई आपत्कालीन राहत शिविरहरूमा सारिएको छ।

ती क्षेत्रमा थप केही दिन वर्षा नरोकिने पूर्वानुमानबीच सेनाले हवाईमार्गबाट खाद्य सामग्री पुर्‍याउने प्रयत्न गरिरहेको बताइएको छ।

पछिल्लो १०० वर्षमा सबैभन्दा बढी प्रभाव पारेको बाढीका कारण गत वर्ष केरला राज्यमा २०० भन्दा बढीले ज्यान गुमाएका थिए। भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटक र पश्चिमी राज्य महाराष्ट्रमा पनि भीषण वर्षा भइरहेको बताइएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…