ग्लोबल आइएमई बैंकको सेवा दैनिक १२ घण्टा

काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सञ्चालन गरेको छ ।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ ।

बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको बैंककाे भनाइ छ ।

यो सेवा शनिबार र अन्य बिदाको दिनबाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ।

शनिबार तथा अन्य बिदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…