अन्तर्राष्ट्रिय सम्मेलनका लागि जनता बैंकको सहयोग

काठमाडौं । जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ लाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेकोे छ ।

रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गतेसम्म आयोजना गरिने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ मा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो । सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

‘विद्यार्थी केन्द्रित शिक्षामा प्रतिवद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो विकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षादेखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनीतिक तथा विविध विषयमा छलफल हुनेछ ।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

बैंकले विगत वर्षहरु देखिनै ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर विकासका लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था गर्नुका साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।