दम्पतीको मध्यराति हत्या, १० मिटरको दुरीमा भेटिए शव

विमल खड्का 

काठमाडौं ।  बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङको कुइनेबाटो अनरेका एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ६८ वर्षीय ‘रेडियो भनिने’ भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार मध्यराति हत्या भएको हो ।

दम्पतीको धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

भानबहादुरको हत्या गरि मकैबारीमा र भानबहादुरकी कान्छी श्रीमतीको हत्या घरभित्रै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।  दम्पतिकाे शव १० मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताउनुभयो ।

कसरी भयो दम्पतीको हत्या ?
शनिबार साँझदेखि पानी परिरहेको थियो । थोरै बस्ती रहेको ठाउँमा भानबहादुर कान्छी श्रीमतीसँगै थिए । भानबहादुरका छोराबुहारी र जेठी श्रीमती नगरपालिकाकै–९ नवीगाउँमा गाइबस्तुसँगै आलुको सिजन भएकाले त्यहाँ बस्दै आएका थिए । दुई घर भएका भानबहादुर खाना खाएर उपल्लो घर र कान्छी श्रीमती तल्लोघरमा बस्दै आएका थिए ।

दाजुभाइ र उनकोसहित ५ घर रहेको बस्तीमा रातको १२ बजे दाजु भाउजू चिच्याएको सुनेका उनका भाइ मसाने विकलाई उदृत गर्दै वडाध्यक्ष नन्दे सुनारले जनता समाचारलाई जानकारी दिनुभयो ।

वडाध्यक्ष सुनारले भने,- ‘हामीले उनका भाइलाई सोध्यौँ, भाइले राति दाजुभाउजू कराएको भएपनि पानी परिरहेकाले त्यहाँ नगएको बताए । जंगल नजिक बस्ती रहेकाले बाघ आएको हुनाले कराएको हुनसक्ने भन्दै घरबाहिर ननिस्केको उनका भाइकाे भनाइ छ ।

बिहान दाजुभाउजुको शव देखेपछि भाइले प्रहरीलाई खबर गरेका थिए ।  प्रहरीका अनुसार भानबहादुरकी कान्छी श्रीमती तल्लो घर र श्रीमान उपल्लो घरमा बसेका थिए । भानबहादुरको हत्या गरि मकैबारीमा र भानबहादुरकी कान्छी श्रीमतीको हत्या घरभित्रै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।  दम्पतिकाे शव १० मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताउनुभयो ।

मृतकदम्पतिको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । गाउँमा लगाएको मकै हेर्नका लागि दम्पती त्यहाँ बस्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…