आइतबारको दिनसमय : ठिक साढे ११ बजेटिकट काउन्टरमा हजारौँ बिरामीको लामटोकन प्रणाली भएपनि शक्ति हुनेको जबरजस्ती
सन्दर्भ, नेपालकै ठूलो र सरकारी अस्पताल वीरको हो । दैनिकजसो हजारौँ बिरामीले सेवा लिने वीर अस्पतालमा पुग्दा आइतबारको दृष्य फरक देखियो । यसअघिको दृष्यपनि यस्तैयस्तै होलान् तर पहिलो पटक देख्नेलाई अचम्मित तुल्याउँथ्यो, आइतबारको दृष्यले । बिरामीको टिकट लिने लाइनदेखि अन्तिम उपचारसम्म भोग्नुपर्ने सास्तीका बिषयमा वीर अनविज्ञजस्तै देखिन्थ्यो । सबै मानिस तनावमा जस्तै देखिन्थे ।
उपचारकालागि बिरामी लगेर जाने जोकोही तनावमा देखिनु स्वभाविक पनि होला तर, उपचारमा सहयोगी नर्स र बिरामीलाई पालोमा उभ्याउनेहरु आफै तनावमा जस्तै थिए । मुलुकको गहना मानिएको वीर अस्पताल भौतिक संरचना र उपकरणले सुधारोन्मुख देखिएपनि त्यहाँ कार्यरत कर्मचारीको बोली र मितव्ययिता कता–कता अपूरो अधूरो जस्तै देखिन्थ्यो । सामान्य बिषयमा वेवास्ता गरिँदा बिरामी घण्टौँ कुरेर उपचारबिनै घर फर्किनुपर्ने अवस्था वीरमा थियो । त्यहाँ जानकारीका लागि साउण्ड सिस्टम समेत राखिएका छन् तर बिरामी बोलाउने बाहेक अन्य प्रयोजनमा प्रयोग भएका छैनन् । बिषय सामान्य लाग्छ तर यसले निम्त्याउने जोखिम र प्रभाव ठूलो छ ।
पृष्ठभूमीवीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा व्यस्त अस्पताल मध्येको एक हो । यो अस्पताल वि.सं. १९४७ (सन् १८८९) मा वीर शम्शेरद्वारा स्थापित गरिएको थियो । वीर अस्पताल काठमाडौं शहरको केन्द्रमा खुलामञ्च अगाडि अवस्थित छ । यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ ।
अस्पतालले देशभरका सबै तह र तप्काका व्यक्तिहरूकालागि उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा उपचार प्रदान गर्दछ । ग्रामिण भेगका धेरै बिरामीहरू यस अस्पतालमा निःशुल्क चिकित्सा सेवा लिनका लागि टाढा–टाढा बाट आउने गरेका छन् ।
टोकन प्रणालीव्यस्त ठाउँहरुमा नियम नमिचियोस् भनेर टोकन प्रणाली राखिन्छ । जसले सबैलाई बाध्यकारी नियममा बाँध्छ । आफ्नो भागमा आएको नम्बरका आधारमा लाइन बस्नुपर्छ । पालो आएपछि सहजै बिरामी जाँच गर्न लिइने पूर्जी पाइन्छ । वीरको अवस्था बेग्लै देखियो । त्यहाँ टोकन प्रणाली छ । तर लाइनमा नबसी मनलाग्दी ढंगले बिरामी पूर्जी लिनेको भिड त्यहाँ देख्न पाइन्छ । जसले जसरी सक्छ पालो नआउँदै नाम दर्ता गर्छन । आ–अफ्नो विभागमा जाँचका लागि जान्छन् । वीरमा दैनिक हजारौँ नाम दर्ता हुन्छन् ।
सोधपुछ र चिकित्सकसँग भेट बिरामी पूर्जी लिएर बिरामी र उसका आफन्त चिकित्सक भेट्ने ठाउँमा जान्छन् । वीरको तल्लो तला हुँदै जाँच हुने ठाउँसम्म पुग्छन् । चिकित्सकले राम्रै व्यवहार देखाउँछन् । बाँकी उपचारका लागि विभिन्न कोठामा जानका लागि भनिन्छ । बिरामी चिकित्सकले भनेअनुसारकै काम गर्छन् । तर, त्यहाँ बिरामीलाई पालो कुराउने कर्मचारीको बोली, स्वभाव र मितव्ययितामा नेपाली पन देखिदैन । मानवताको अंश हराएकोजस्तो भान हुन्छ ।
आफ्नै हातबाट गर्न सकिने सहयोगको कुरा त परै जाओस् बिरामीसँग गरिने व्यवहार र बोलीमा समेत अपनत्व हुँदैन । लाइनमा राखिएका बिरामीको पालो मिचेर अर्को मानिस वा बिरामीलाई चिकित्सकसँग भेटाउने काममा सक्रिय देखिन्छन् कर्मचारी । बिरामी टुलुटुलु हेर्नुबाहेक केही भन्न र गर्न सक्दैनन् ।
सूचनामा कमजोरी वीरका विभिन्न विभागमा काम गर्ने कर्मचारी र नर्सहरुले सही सूचना बेलैमा सम्प्रेषण गर्नु उनीहरुको दायित्व हो । जब दिउँसोको १ बज्छ, खाजा खाने समय हुन्छ । करिब सवा दुई बजे कर्मचारी पुनः आ–आफ्नो विभागमा फर्किन्छन् र डाक्टर साढे दुई बजेतिर विभागमा आउँछन् । बिरामी उपचार हुने आशमा लाइनमा कुरिरहेका हुन्छन् । साढे दुई बजे तिर उपचारका विषयमा सोध्न जाने बिरामीलाई नर्सले जानकारी दिन्छिन् आज उपचारको सामाग्री सकियो, भोलि आउनुहोस् ।
जबकी यही कुरा ती नर्सले खाजा खानुपूर्व बिरामीलाई त्यहाँ राखिएको साउण्ड प्रणालीबाट जानकारी दिन सक्छन् । स–साना कुराले वीरमा बिरामीको मानसिकतामा पर्ने असरबारे कसैलाई प्रवाह छैन । यो दृष्य आइतबार दाँत विभागमा देखिएको थियो ।
अस्पताल संवेदनशील अंग अस्पतालमा बिरामीले पाइला टेकेपछि मनोपरामर्शले केही बिरामी ठिक हुनुपर्नेमा वीरमा यस्तो देखिएन । ग्रामिण क्षेत्रबाट निकै खर्च गरेर आउने बिरामीले सामाग्री अभावकै कारण एक दिन कुनुपर्नेस्थितिको अन्त्य गर्न जरुरी छ ।
सामाग्री सकिएकै भएपनि निश्चित समयमा जानकारी हुनु आवश्यक छ । तब मात्रै नेपालको गहना वीर बन्न सक्छ । एक व्यक्तिले आचरण सुधार्ने हो भने पूरै संरचना सुध्रिनेमा दुई मत छैन ।