धार्मिक सम्पदाको संरक्षणले विकासमा टेवा

नारायण थापा
भक्तपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले धार्मिक, प्राकृतिकदेखि अन्य सम्पदाको संरक्षण गर्न सके भक्तपुरको विकासमा टेवा पुग्ने बताउनुभएको छ ।

साउनको अन्तिम सोमबार डोलेश्वर मन्दिरको दर्शन गर्न आउनुभएका भट्टराईले मन्दिरको विकासमा तीनै तहको सरकारको सहयोग रहने बताउनुभएको हो ।

भट्टराईले केदारनाथको शिर डोलेश्वर मन्दिरका धार्मिक तीर्थस्थलका रुपमा विकास हुँनु राम्रो भएको बताउनुभयो ।

भट्टराईले डोलेश्वर मन्दिरलाई तीनै तहको सरकारले सँगै मिलेर अझैं राम्रो बनाउने तर्फ सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

डोलेश्वर मन्दिर आउँदा साँघुरो सडकलाई फराकिलो बनाउन र यो क्षेत्रका विभिन्न समस्याको पहिचान गरी त्यसको समाधानतर्फ मन्दिर ब्यवस्थापन समितिले भक्तजनका लागि सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्राकृतिक सम्पदादेखि अन्य सम्पदाको संरक्षण गर्नसके भक्तपुरको विकासमा टेवा पुग्ने बताउनुभयो ।

सबै क्षेत्रको समन्वय गरेर भक्तपुरको विकासमा अगाडि बढ्नु पर्नेमा जोड दिँदै भट्टराईले हरेक क्षेत्रको समाजप्रतिको योगदान नै समाज परिवर्तनको माध्यम भएको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…